

गजेहडा खानेपानी उपभोक्ता समितिको तेस्रो साधारणसभा सम्पन्न



सागर पौडेल
कपिलवस्तु ।
गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको तेश्रो वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संस्थाको साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रदेश सरकारले एक घर एक धारा अभियानका साथ प्रदेशभरका जनताको घरमा खानेपानीको योजना अगाडी सारिरहेको बेला संस्थाले सरकारले गर्ने काम गरेको बताउनुभएको छ ।
हाल गजेहडा खानेपानी उपभोक्ता समितिले आफ्नै लागतमा झण्डै १ हजार ५ सय घर धुरीलाई स्वच्त पिउने पानी प्रदान गरिरहेको छ । समितिका सचिव बुद्ध शाहीले वार्षिक प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष नमुना पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समितिले दुर्घटनामा परी घाइते भएका पूर्व कर्मचारी बलदेव चौधरी नगद सहित सम्मान पनि गरेको छ ।
त्यस्तै कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले नगरवासीलाई शुद्ध खानेपानी पु¥याउन नगरपालिकाले समेत विभिन्न योजना बनाईरहेको बताउनुभयो । उहाँले नगरपालिकालाई स्वच्छ पिउने पानीको प्रयाप्तता भएको नगरको रुपमा विकास गरीने पनि बताउनुभयो ।
समितिका अध्यक्ष राजकुमार खाँणले समितिको योजना साकार पार्ने हाल बजेट अभाव भएको बताउनुभएको छ । उहाँले राज्यका विभिन्न निकायहरुले सहयोग गरे गजेहडा खानेपानी उपभोक्ता समितिले पिउने पानीको प्रयाप्तता गराउन सक्ने पनि बताउनुभएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया