

शीर्ष स्थानको लिभरपुललाई साउथह्याम्टनले हरायो



काठमाडौं, पुस २१
इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल पराजित भएको छ। सोमबार भएको खेलमा लिभरपुललाई साउथह्याम्टनले १-० गोलले पराजित गरेको हो।
खेलको दोस्रो मिनेटमै साउथह्याम्टनले अग्रता लिएको थियो। वार्ड प्राउसको फ्रिकिकमा ड्यानी इङ्ग्सले गोल गरेर साथह्याम्टनलाई सुरुवाती अग्रता दिलाएका थिए।
पराजयपछि पनि लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा यथावत छ। लिभरपुलले १७ खेलबाट ३३ अंक बटुलेको छ।यद्यपी म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले लिभरपुललाई अंकमा पछि पार्न सक्नेछन्।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको समान ३३ अंक छ। एक खेल कम खेलेको युनाइटेडले आगामी खेलमा जित हात पारे लिभरपुललाई पछि पार्नेछ।
दुई खेल कम खेल्दै अंक तालिकाको पाँचौ स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ। दुवै खेलमा जित हात पारे सिटीले पनि लिभरपुललाई पछि पार्नेछ।
अंक तालिकामा तेस्रो स्थानको लेस्टर सिटीले १७ खेलबाट ३२ अंक र चौथो स्थानको टोटेनहमले १६ खेलबाट २९ अंक जोडेका छन्।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया