

इबोला भाइरसको खोजी गर्ने वैज्ञानिकको चेतावनी नयाँ रोग डिजिज एक्सका लागि तयार हुनुहोस्


एजेन्सी, पुस २०
संसार यतिबेला कोरोनाभाइरससँग जुधिरहेको छ र थुप्रै देशमा यो विरुद्ध खोप अभियान सुरु गरिएको छ । यसैबीच खतरनाक इबोला भाइरसको खोजी गर्ने वैज्ञानिकले संसार चाँडै नै नयाँ रोगका लागि पनि तयार हुनुपर्ने चेतावनी जारी गरेका छन् । वैज्ञानिक जीन–ज्याक्स मुयेम्बेले तामफूमले सीएनएनसँगको कुराकानीमा ‘डिजिज एक्स’ रोग संसारको विभिन्न हिस्सामा रहेको र कंगोमा यसबाट सम्भावित पीडित मानिस भेटिएको बताएका छन् ।
प्राध्यापक जीनले यसलाई हाल ‘डिजिज एक्स’ नामाकरण गरेका छन् र यो निकै घातक साबित हुने जानकारी पनि दिएका छन् । जिनले भने, ‘आज हामी यस्तो दुनियाँमा छौं जहाँ नयाँ भाइरस बाहिर आउनेछन् र यी भाइरस मानवताका लागि खतरा बन्नेछन् ।’ उनका अनुसार यो भविष्यमा निम्तिने महामारी कोरोनाभाइरभन्दा बढी खतरनाक हुनेछन् र यसले थप विध्वंस मच्चाउनेछ ।
कंगोको इगेन्डेमा एक महिलामा रक्तश्रावका साथै ज्वरो देखिएको थियो । यी बिरामीको इबोला परीक्षण गराइयो तर त्यो नेगेटिभ आयो । डाक्टरलाई उनी ‘डिजिज एक्स’ की पहिलो बिरामी त होइनन् भन्ने डर छ । उनले नयाँ भाइरस कोरोनाजस्तै तीब्र रुपमा फैलिने तर यसको मृत्युदर इबोलाभन्दा ५० देखि ९० प्रतिशत बढी भएको जानकारी दिएका छन् ।
डब्ल्यूएचओले हाल ‘डिजिज एक्स’ लाई काल्पनिक बतायोः
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार डिजिज एक्स अहिले एक परिकल्पना हो तर यदि दाबी गरेअनुसारको रोग साँच्चै नै देखिए यसलाई संसारभरी फैलनबाट रोक्न निकै गाह्रो हुनेछ । प्राध्यापक जीनले नै पहिलोपटक रहस्यमय भाइरसद्वारा पीडित बिरामीको रगतको नमूना लिएका थिए जसलाई पछि इबोला नाम दिइयो । इबोला भाइरसबारे पहिलोपटक पत्ता लागेपछि यामबूकू मिशन अस्पतालमा ८८ प्रतिशत बिरामी र ८० प्रतिशत कर्मचारीको मृत्यु भयो । इबोलाद्वारा पीडित बिरामीको रक्तश्राव हुन थाल्छ र बिरामीको मृत्यु हुन्छ । एक्स यहाँ अनिश्चितताका लागि प्रयोग गरिएको छ ।
ती महिलाको उपचारमा संलग्न डाक्टर दाडिन बोङकोलेले भने, ‘हामी सबै डराउनुपर्ने स्थिती आएको छ । इबोलाबारे थाहा थिएन, कोभिडबारे पनि थाहा थिएन । अब हामी नयाँ रोगका लागि डराउनुपर्छ ।’
जनावरबाट फैलिरहेका छन् ठूला रोगः
बेलायतको एडिनबर्ग विश्वविद्यालयको शोध अनुसार हरेक तीनदेखि चार वर्षको अन्तरातमा एक नयाँ भाइरस संसारमा देखिइरहेको छ । विश्वविद्यालयका प्राध्यापक मार्क वूलहाउसका अनुसार धेरैजसो भाइरस पशुबाट आइरहेका छन् । वैज्ञानिकले यदि जंगली जनावरलाई मारिएको खण्डमा इबोला र कोरोनाजस्ता महामारीले प्रश्रय पाउनेछ । उनका अनुसार ऊहानजस्तो वेट मार्केटमा राखिएका जिउँदा जनावर यसका ठूला खतरा हुन् र यी जनावरमध्ये कुनै भित्र ‘डिजिज एक्स’ महामारी हुनसक्छ । वैज्ञानिकले पहिला पनि यस्तो प्रकारका जिउँदा जनावरको बजारलाई मानिसमा फैलने रोग जस्तै फ्लू र सार्सका लागि जिम्मेवार बताएका थिए ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा







प्रतिक्रिया