

रोनाल्डोको दुई गोलमा युभेन्टसको सानदार जित





एजेन्सी, २० पुष

इटालियन सिरी ए मा युभेन्टसले सानदार जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा युभेन्टसले उडिनेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसलाई सानदार जित दिलाउनको लागि पोर्चुगिज सुपरस्टार फरवार्ड रोनाल्डोको दुई गोल गरे भने फेडरिको चिइसा र पाउलो डिबालाले एक एक गोल गरे । उडिनेसका मार्भिनले एक गोल फर्काए ।
३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई आग्रता दिलाए । उनले आराने राम्सेको पासमा गोल गरेको थिए । ४९औं मिनेटमा रोनाल्डोको पासमा फेडरिको चिइसाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।
७० औं मिनेटमा रोड्रिगो बेन्टानकरको पासमा रोनाल्डोको व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाइए सहज जिततर्फ अग्रसर गराए ।
९०औं मिनेटमा मार्भिन जिगेलारले गोल गर्दै खेललाई ३-१ को अवस्थामा ल्याए । तर इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पाउलो डिबालाले डानिलोको पासमा गोल गर्दै युभेन्टसलाई ४–१ को सानदार जित दिलाए ।
यो नतिजासँगै युभेन्टस १४ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित उडिनेस १५ अंकसहित १३औं स्थानमा छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया