

मन्त्री ज्ञवालीले भने घरभित्र समस्या आउन सक्छ तर सुल्झाउन बाह्य शक्ति निम्त्याउनु मुर्खता हो




पाल्पा, पुस १८
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको संसद विघटनको निर्णय संवैधानिक र लोकतान्त्रिक नै भएको बताउनुभएको छ । यस विषयको फैसला गर्ने अधिकार जनतामा नै निहीत रहेको उहाँको धारणा छ ।
नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उहाँले प्रतिनिधिसभा विघटन भएपछि सडकमा गएको खेमाले बाह्य शक्ति समेत निम्त्याएको आरोप लगाउनुभयाे । सबैको घरभित्र समस्या आउन सक्छ तर समस्या सुल्झाउने बाटो घरभित्रै हुँदाहुँदै बाह्य शक्ति निम्त्याउनु मुर्खता भएको भन्दै बाह्य शक्ति निम्त्याउने खेलको पर्दा समेत खुल्दै गएको उहाँले बताउनुभयाे ।
आफ्नै पक्षबाट सरकारलाई काम गर्नमा बाधा पुगेपछि बाध्यात्मक परिस्थितिका कारण संसद विघटनमा जानुपरेको प्रस्ट पार्दै मन्त्री ज्ञवालीले जनताको लामो योगदानबाट प्राप्त वर्तमान उपलब्धिलाई उल्टाउने कसैको पनि प्रयास सफल नहुने बताउनुभयो ।
एक फरक प्रसंगमा मन्त्री ज्ञवालीले आफूलाई नेकपाको प्रवक्ता बन्न कुनै निर्णय गर्नु नपर्ने धारणा राख्नुभयो । केन्द्रीय राजनीतिमा आफ्नो भुमिकाले त्यसको औचित्य पुष्टि गरिसकेको उहाँको भनाई थियाे ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया