

मन्त्री ज्ञवालीले भने घरभित्र समस्या आउन सक्छ तर सुल्झाउन बाह्य शक्ति निम्त्याउनु मुर्खता हो




पाल्पा, पुस १८
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको संसद विघटनको निर्णय संवैधानिक र लोकतान्त्रिक नै भएको बताउनुभएको छ । यस विषयको फैसला गर्ने अधिकार जनतामा नै निहीत रहेको उहाँको धारणा छ ।
नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उहाँले प्रतिनिधिसभा विघटन भएपछि सडकमा गएको खेमाले बाह्य शक्ति समेत निम्त्याएको आरोप लगाउनुभयाे । सबैको घरभित्र समस्या आउन सक्छ तर समस्या सुल्झाउने बाटो घरभित्रै हुँदाहुँदै बाह्य शक्ति निम्त्याउनु मुर्खता भएको भन्दै बाह्य शक्ति निम्त्याउने खेलको पर्दा समेत खुल्दै गएको उहाँले बताउनुभयाे ।
आफ्नै पक्षबाट सरकारलाई काम गर्नमा बाधा पुगेपछि बाध्यात्मक परिस्थितिका कारण संसद विघटनमा जानुपरेको प्रस्ट पार्दै मन्त्री ज्ञवालीले जनताको लामो योगदानबाट प्राप्त वर्तमान उपलब्धिलाई उल्टाउने कसैको पनि प्रयास सफल नहुने बताउनुभयो ।
एक फरक प्रसंगमा मन्त्री ज्ञवालीले आफूलाई नेकपाको प्रवक्ता बन्न कुनै निर्णय गर्नु नपर्ने धारणा राख्नुभयो । केन्द्रीय राजनीतिमा आफ्नो भुमिकाले त्यसको औचित्य पुष्टि गरिसकेको उहाँको भनाई थियाे ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया