

विमल घर्तिमगरसहित १४ खेलाडी प्रारम्भिक चरणबाट बाहिरिए



काठमाडौँ, पुस १८
नेपाली राष्ट्रिय फुटबल टोलीका स्टाइकर विमल घर्तीमगरसहित १४ खेलाडी प्रारम्भिक चरणबाट बाहिरिएका छन्। तीन सातासम्म चलेको बन्द प्रशिक्षणपछि कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीबाट १४ खेलाडीलाई हटाएका हुन्।
शुक्रबार एन्फाले दोस्रो चरणमा ४४ खेलाडी छनोट भएको जनाएको छ। प्रशिक्षणको क्रममा विमल घाइते भएका थिए। विमल उपचार गर्न कतार जाने तयारीमा छन् । यसकारण उनी पहिलो चरणबाटै बाहिरिएका हुन्।टोलीबाट बाहिरिने अन्य खेलाडीमा अधिकांश खेलाडी पहिलोपटक बन्द प्रशिक्षणमा परेका थिए ।
विक्रम राना र विमल राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । लामा र घर्तिमगरको उपचार एन्फाले कतारमा गर्ने निर्णयसमेत गरिसकेको छ ।
प्रशिक्षणको क्रममा घाइते बनेका सुमन अर्याल फिट भए फेरि प्रशिक्षणमा फर्कन सक्नेछन् । डिफेन्डर सुमन अर्याल घाइते भएकाले हाललाई टोलीबाट बाहिर राखिएको एन्फाले जनाएको छ। सुमन फिट भए टोलीमा फर्कन सक्छन्।
नेपालले मार्चदेखि घरेलु मैदानमा ३ खेल खेल्नेछ ।
सन् २०२२ मा कतारमा हुने विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले समूह ‘बी’मा छ । घरेलु मैदानमा नेपालले चाइनिज ताइपेई र अस्ट्रेलियासँग मार्चमा खेल्नेछ भने जोर्डनसँग जुनमा खेल्नेछ ।
यी हुन् दोस्रो चरणमा पुगेका अन्तिम ४४ खेलाडी
गोलरक्षक : किरण कुमार लिम्बू, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की
डिफेन्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, सरोज दाहाल, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दलेन लोक्तान
मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, सुनील बल
स्ट्राइकर : अभिषेक रिजाल, जर्जप्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, अन्जन विष्ट, आशिष लामा


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया