

शीर्ष स्थानको लिभरपुलसँग म्यानचेस्टर युनाइटेडले गर्यो अंक बराबरी



काठमाडौँ, पुस १८
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टोन भिल्लामाथि जित निकालेको छ। ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा युनाइटेडले एस्टोन भिल्लामाथि २-१ गोलअन्तरको जित निकालेको हो।
रोमाञ्चक खेलको ४० औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दा पहिलो हाफमा युनाइटेड एक गोलले अघि रह्यो। दोस्रो हाफमा भिल्लाले खेल बराबरीमा ल्यायो। खेलको ५८ औं मिनेटमा बेरट्रान्ड ट्राओरले गोल गर्दै एस्टोन भिल्लालाई बराबरीमा ल्याए। तर लगत्तै युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले गोल थपे। उनले खेलको ६१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।
जितसँगै युनाइटेडले तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक बराबरी गरेको छ। लिभरपुल र युनाइटेड दुबैको समान १६ खेलबाट ३३ अंक छ। त्यस्तै २६ अंक जोडेको एस्टोन भिल्ला तालिकाको छैटौं स्थानमा छ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया