

राष्ट्रिय सभाका एक सांसदसहित ६ जनामा कोरोना सङ्क्रमण



पुस १७,काठमाण्डौ ।
राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शुक्रबार देखि हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि बिहीबार ४१ जना सांसदसहित ९७ जनाको स्वाब सङ्कलन गरेकोमा एक जना सांसदसहित ६ जनामा कोरोना पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उनीहरूमा कोरोना पुष्टि भए पनि राष्ट्रिय सभाको बैठकमा कुनै असर नगर्ने र बैठकको सबै तयारी पूरा भएको पनि सहप्रवक्ता धमलाले बताउनुभयो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आज दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । प्रतिनिधि सभा भने पुस ५ गते नै विघटन भइसकेको छ ।
राष्ट्रिय सभामा विभिन्न १६ वटा विधेयक विचाराधीन रहेको संसद् सचिवालयले जनाएको छ । ६ वटा दर्ता भएर मात्रै रहेका छन् भने बाँकी १० वटा विधेयक सभा र समितिमा छन् । कुनै पनि कानुन बन्न दुवै सदनबाट विधेयक पास भएर राष्ट्रपतिकहाँ पुग्नुपर्ने हुन्छ । अहिले प्रतिनिधि सभा नभएका कारण राष्ट्रिय सभाले आफ्नो कामका रूपमा विधेयकमाथि छलफल गरेर पास गरे पनि कानुन बन्न प्रतिनिधि सभा नै कुर्नुपर्ने हुन्छ ।
प्रतिनिधि सभा विघटनको अवस्थामा भए पनि संवैधानिक सङ्कट टार्न राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । प्रतिनिधि सभा नभएकाले काम नभएमा राष्ट्रिय सभाको अधिवेशन लामो समय चल्न नसक्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया