

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

मंंसिर ३०, दाङ
पश्चिम राजमार्गमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार राती राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकि राखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी ठक्कर खाँदा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ वर्षका अनिल चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।
स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारको लागी लमही ल्याउदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया