

गौतमबुद्ध कप : उपाधि भिडन्त आज



मङ्सिर ३० चितवन ।
चितवनमा जारी गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि टिम नारायणी र टिम राप्ती खेल्दै छन् ।
भरतपुर महानगरपालिका(१५ मा निर्माणाधीन् गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा हुने खेल विहान ११ बजेदेखि सुरु हुनेछ ।
सुवास खकुरेलको कप्तानीमा रहेको टिम नारायणीले पहिलो खेलमा ज्ञानेन्द्र मल्लो कप्तानीमा रहेको टिम बाग्मतीलाई सुपर ओभरमा हराएको थियो भने विनोद भण्डारीको कप्तानीमा रहेको राप्तीले पनि पहिलो खेलमा बाग्मतीलाई ११ रनले हराएपछि बाग्मती बाहिरिएको थियो ।
उक्त दुई नतिजाले नारायणी र राप्ती एक खेलअगावै स्वतः फाइनलमा प्रवेश गरेका थिए । सोमबार भएको यिनै दुई टोलीबीचको रोमाञ्चक खेलमा राप्ती १ विकेटले विजयी भएको थियो ।
पारस खड्काको कप्तानीमा नारायणीको टोली गठन गरिएको भएपनि उनलाई खेल सुरु हुनुभन्दा अघिल्लो दिन कोरोना संक्रमण देखिएपछि टोलीको जिम्मेवारी खकुरेललाई दिइएको थियो ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने भने प्रतियोगितामा समावेश छैनन् । उनी बिग ब्यास लिग खेल्न आजै अस्ट्रेलिया जाँदै छन् ।
कोरोनाका कारण प्रभावित नेपाली खेलकुद क्षेत्रलाई चलायमान बनाउन वाग्मती प्रदेश क्रिकेट संघको आयोजनामा उक्त प्रतियोगिता आयोजना भएको हो ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया