दाङमा गुडिरहेको यात्रुबहाक बसमा आगलागी

दाङ, मंसिर २९

दाङमा गुडिरहेको यात्रुबहाक बसमाथि आज बिहानै आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज विहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५/१६ जना यात्रुहरु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

खबर सबै