
वैज्ञानिक वन उपसमितीको सरकारलाई ज्ञापन पत्र पेश

वैज्ञानिक वन अध्ययन उपसमितीले पेश गरेको प्रतिवेदन २०७७ खारेज गर्नुपर्ने माग गर्दै कपिलवस्तुका सरोकारवाला सञ्जालका प्रतिनिधीले विरोधसहित ज्ञापनपत्र बुझाएका छन । वैज्ञानिक वन ब्यवस्थापन सरोकारवालाको सञ्जाल कपिलवस्तुको अगुवाईमा प्रतिनिधी सभा सार्वजनिक लेखा समितीबाट गठन गरिएको उप समितीले तयार पारी पेश गरेको प्रतिबेदन खारेज गर्नु पर्ने माग गरिएको हो ।
सञ्जालकी संयोजक रेनु सेन नेतृत्वको टोलीले डिभिजन वन कार्यालय चन्द्रौटा, डिभिजन वन कार्यालय तौलिहवामा ज्ञापन पत्र बुझाएको छ । त्यसै गरि टोलीले निमित्त प्रजिअ गणेश बहादुर नेपाली मार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको छ । टोलीले प्रदेश कार्यालयको अस्थाई मुकाम बुटवल पुगी मुख्यमन्त्रीलाई समेत ज्ञापनपत्र दिने छन ।
उपसमितीले तयार पारेको प्रतिवेदनले तोकिएको कार्यक्षेत्र समेट्न नसकेको, बिज्ञ सँग छलफल नगरेको, प्रमाणको अध्ययन र बिश्लेषण गर्न नसकेको, वन बिज्ञानको मर्म बिपरित प्राबिधिक शब्दको अपब्याख्या गरेको लगायतका आरोप सहित प्रतिवेदन खारेजीको माग गरिएको हो ।
त्यसै गरि नेपाल सरकारले २०७७ जेठ १५ गतेको निर्णयबाट साल जातको काठ उपयोग गर्न लगाएको अस्थाई आदेश तुरुन्त खारेजीको माग ज्ञापनपत्र मार्फत गरिएको छ । आफुहरुको माग पुरा नगरिए कडा आन्दोलनमा जाने सञ्जालका प्रतिनिधीहरुको चेतावनी छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया