

रोहिणीका वडाध्यक्षसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा



मंसिर २८, काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको रोहिणी गाउँपालिका २ का वडाध्यक्ष सरोजकुमार पाण्डे र उनीविरुद्ध घुस मागेको उजुरी गर्ने निवेदक श्यामबचन यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
पाण्डेले अनुदान स्वरुप रकम प्रदान गर्न सहजिकरण गरिदिएको भनी आफूसँग घुस मागेको भन्दै यादवले उजुरी गरेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले केही दिन अघि उनलाई २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। विराट कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा निवेदक श्यामबचन यादवले अख्तियारबाट बुझी लगेको नभई आफ्नै रकम पाण्डेलाई घुसस्वरुप दिएको र त्यसको जानकारी अख्तियारलाई नगराएकोले उनीविरुद्ध पनि मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया