

रोहिणीका वडाध्यक्षसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा


मंसिर २८, काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको रोहिणी गाउँपालिका २ का वडाध्यक्ष सरोजकुमार पाण्डे र उनीविरुद्ध घुस मागेको उजुरी गर्ने निवेदक श्यामबचन यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
पाण्डेले अनुदान स्वरुप रकम प्रदान गर्न सहजिकरण गरिदिएको भनी आफूसँग घुस मागेको भन्दै यादवले उजुरी गरेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले केही दिन अघि उनलाई २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। विराट कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा निवेदक श्यामबचन यादवले अख्तियारबाट बुझी लगेको नभई आफ्नै रकम पाण्डेलाई घुसस्वरुप दिएको र त्यसको जानकारी अख्तियारलाई नगराएकोले उनीविरुद्ध पनि मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ।


खबर सबै
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न






प्रतिक्रिया