

संगीतकर्मी संघ लुम्बिनी प्रदेशका जिल्ला अधिबेशन शुरु रुपन्देही अध्यक्षमा नेपाल


सागर पौडेल ।
राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय महाधिबेशन नजिकिदै गर्दा यति खेर जिल्ला तथा प्रदेशका अधिबेशनहरु भैरहेका छन् । यसै सन्दर्भमा आज लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट रुपन्देही जिल्ला समितिको अध्यक्षमा पुनः दुर्गा नेपाल चयन हुनुभएको छ । आज भएको दोस्रो अधिबेशनबाट दुर्गा नेपालको अध्यक्षमा २१ सदस्सिय नयाँ कार्य समिति चयन भएको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा ओम ज्ञवाली, प्रथम उपाध्यक्षमा भुवन सिंह खड्का, द्धिर्तिय उपाध्यक्षमा सुरज गोतामे, महिला उपाध्यक्षमा अंकिता नेपाल, सचिवमा दामोदर बस्याल, सह सचिवमा अमृत पौडेल, कोषाध्यक्षमा भगवती पन्थी, सह कोषाध्यक्षमा दया भण्डारी र प्रवक्तामा अमर दिप वि.सी. रहनु भएको छ भने सदस्यहरुमा मोदनाथ बेल्वासे ,अर्जुन बि.सी., जीवन न्यौपाने, सुदिप गौतम ,रमा आचार्य, मोहन क्षेत्री, दिपेन्द्र पाण्डे, बिष्णु जी पाण्डे (माइला बा), सुमन थापा, राजविर जैसवाल, राजु महत्रा, शिव रिजाल, र सुनिल गौतम रहनु भएको छ ।

कार्यक्रम दुर्गा नेपालको अध्यक्षता, सुरेश सेन्चुरीको प्रमुख आथित्यता, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सचिव जिवन परियार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डेय, राष्ट्रिय संगीतकर्मी संघका प्रदेश महासचिव पुर्णचन्द्र परियार, गायक सौगात सायर, भिडियो निर्देशक मनिष पन्त, नृत्य निर्देशक लोकेन्द्र शाहको आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन दामोदर बस्यालले गर्नुभएको थियो ।
राष्ट्रिय संगीतकर्मी संघको आसन्न चैतमा हुने केन्द्रिय महाधिवेशनलाई मध्यनगर गर्दे अहिले देशैभरीका सबै जिल्ला तथा प्रदेशहरुमा अधिबेशनको माहोल तातिरहेको छ । यसै सन्र्दभमा आज लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा सो अधिवेशन भएको संगीतकर्मी संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज थानेश्वर अधिकारीले बताउनु भएको छ । यसै गरी प्युठानमा यही मंसिर ३० गते, अर्घाखाँचीमा पौष ४ गते र रोल्पामा पौष ११ गते जिल्ला अधिबेशन तय भएको र बाँकी जिल्लामा पनी यही पौष ३० गते भित्र अधिवेशन सम्पन्न गरिने इन्चार्ज अधिकारीले बताउनु भएको छ ।


खबर सबै
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न






प्रतिक्रिया