

गौतमबुद्ध कप क्रिकेट : सुपरओभरमा नारायणीले वाग्मतीलाई हरायो




मंसिर २८, खेल खबर
गौतमबुद्ध कप क्रिकेटमा टिम नारायणीले सुपर ओभरमा वाग्मतीलाई हराएको छ ।
सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्रै बनाउन सक्यो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नारायणीले करण केसीको लगातार ३ वटा छक्काको मद्दतमा २५ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएका ज्ञानेन्द्र मल्लले ३ वटा छक्का हान्दै वाग्मतीलाई जितको आशा देखाए पनि सम्भव हुन सकेन ।
यसअघि वाग्मतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नारायणले २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नारायणीका आरिफ शेखले सर्वाधिक ४४ रन बनाए । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदान चितवनमा पहिले ब्याटिङ गरेको वाग्मतीले ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।
उसका लागि सुनिल धमला र विक्रम सोबले समान ३७र३७ र रसिद खानले २७ रन बनाउनुबाहेक अरुले दोहोरो रन जोड्न सकेनन् । नारायणीका लागि शाहव आलमले ३ र दिपेश श्रेष्ठले २ विकेट लिए । प्रतियोगिताको दोस्रो खेलमा भोलि वाग्मती र राप्ती खेल्ने छन् भने तेस्रो खेलमा राप्ती र नारायणी खेल्ने छन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल आउँदो मंगलबार हुने छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया