
पुस १ देखि वाणगंगाका विद्यालय नियमित, दुई खोला नदिजन्य पदार्थका लागि कार्यबिधी स्विकृत

कपिलवस्तु, मंसिर २७

वाणगंगा नगरपालिकाका सबै विद्यालय पुस १ गतेबाट नियमित संचालन हुने भएका छन् । आज सम्पन्न नगरकार्यपालिकाको आकस्मिक बैठकले पुस १ गतेबाट सबै संस्थागत तथा निजी बिद्यालय पहिलेकै समयमा संचालन गर्ने निणर्य गरेको हो ।
यस्तै बैठकले अन्य महत्वपूर्ण निणर्यहरु पनि गरेको छ । जस अनुसार नदिजन्य पदार्थको ठेक्का सम्बन्धी कार्यबिधी स्विकृत गरेको छ । यससंगै अब टेण्डर खुला हुने छ । मयेर मंगलप्रसाद थारुको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न कार्यबिधी पारित गरेको वडा नम्बर २ का वडा अध्यक्ष बिष्णु पौडेलले जानकारी दिनुभयो ।
जसअनुसार पशुविकास कार्यक्रम संचालन निर्देशिका २०७७, घर बहाल कर ब्यवस्थापन कार्यबिधि ०७७, नदि तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई कार्यबिधी ०७७, स्वास्थ्य संस्था स्थापना संचालन स्तरउन्नी तथा सरसफाइ मापदण्ड सम्बन्धी कार्यबिधी ०७७ पारित गरेको छ । यस्तै बाल उद्धार संचालन कोष कार्यबिधी ०७७, बाल समुह गठन तथा सहजीकरण निर्देशिका ०७७, सुचना तथा अभिलेखकेन्द्रको स्थापना तथा संचालन कार्यविधी ०७७, सार्वजनिक जवाफदेहिता प्रर्बद्धन समिती कार्यबिधी ०७७ पारित गरिएको नगरका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । कार्यपालिका बैठकमा उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य लगाएतको उपस्थिती थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया