

चिसोमा हिटरको प्रयोग कति जोखिम ?


कमला गुरुङ
मङ्सिर २७ काठमाडौं
चिसोमा हिटर बाल्ने क्रममा सावधानी नअपनाउँदा निस्सासिएर मृत्यु भएका घटना वर्षेनी सुनिन्छन्। चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ, जोखिम पनि त्यत्तिकै हुन्छ।
चिसो छल्न मानिसहरु आगो ताप्नेदेखि हिटरसम्म बाल्ने गर्छन्। तर आवश्यक सावधानी भने अपनाउँदैनन्। धेरैजसोले झ्याल–ढोका बन्द गरी आगो ताप्ने या हिटरको प्रयोग गर्ने गरेको पाइन्छ, जुन स्वास्थ्यका निम्ति घातक हुनसक्छ।
चिसोमा हिटरको प्रयोग किन र कसरी घातक हुनसक्छ, कसरी सावधानी अपनाउने लगायत विषयमा छातीरोग विशेषज्ञ डा राजु पंगेनीसँग गरिएको कुराकानीः
चिसोमा हिटरको प्रयोग गर्नु कुन अवस्थामा जोखिमपूर्ण मानिन्छर ?
– बन्द कोठामा हिटर बाल्दा अक्सिजनको कमी हुने, वातारणमा भएको आद्रता घटाउँछ।
– हिटरले श्वास नलीको भित्री भागमा हुने म्युकस लियरलाई सुख्खा बनाउँछ।
– म्युकस लियर सुख्खा हुँदा विभिन्न ब्याक्टेरिया तथा भाइरसहरु सिधै फोक्सोमा छिर्न सक्छ।
– म्युकस लियर सुन्निएमा दम, ब्रोन्काइटिसका बिरामीको समस्या बढ्न सक्छ।
– लामो समय हिटर बाल्दा नाक सुख्खा तथा बन्द हुने, पिनास हुने समस्या आउन सक्छ।
– हिटरको तापक्रमले खकारलाई सुख्खा बनाउँछ।
– खकार सुख्खा भए शरीर भित्रै खकार टाँसिने, निमोनिया हुने र अक्सिजन नली समेत बन्द हुनसक्ने खतरा हुन्छ ।
हिटर बाल्दा कुन अवस्थामा मानिसको मृत्यु हुन्छ ?
– बन्द कोठामा आगो बाल्ने या हिटर ताप्दा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, जसले स्वास्थ्यलाई हानि पुर्याउँछ।
– बन्द कोठामा हिटर बाल्दा राति सुत्दासुत्दै शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ।
– शरीरमा अक्सिजनको कमी हुँदा टाउको दुख्ने, शरीर झुम्म हुने, बेहोस हुने र मृत्यु हुनसक्छ ।
बन्द कोठामा हिटर बाल्दा कोरोना संक्रमण फैलाउने र जटिलता बढाउने भन्ने कुरामा कतिको सत्यता छरु
– हिटरको प्रयोगले प्रत्यक्षभन्दा पनि अप्रत्यक्ष रुपमा कोरोना संक्रमितलाई असर गर्नसक्छ।
– बन्द कोठामा हिटरको प्रयोग गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलैसँग फैलने र अक्सिजनको मात्रा घटाउन सक्छ।
– संक्रमण छिटो फैलन सक्ने र कोरोनाका बिरामी भए समस्या बढ्न सक्छ ।
सुरक्षित तरिकाले कसरी हिटरको प्रयोग गर्न सकिन्छ ?
– विशेषगरी दीर्घरोगी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकले बढी सावधानी अपनाउनुपर्छ।
– बन्द कोठामा धेरै जना बसेर रातभरि हिटरको प्रयोग गर्न हुँदैन।
– हिटरको प्रयोग गर्दा झ्याल र ढोका दुवै खुला राख्नुपर्छ। राम्रोसँग भेन्टिलेसन हुनु आवश्यक छ।
– सकेसम्म छोटो समय हिटरको प्रयोग गर्ने, रातभरि हिटर बालेर नछाड्ने र हिटर नजिकै नबस्ने गर्नुपर्छ।
– हिटरको प्रयोग गर्नुभन्दा प्राकृति रुपमा शरीरलाई बचाउन चिकित्सकको सुझाव पालना गर्नुपर्छ।स्वास्थ्य खबरपत्रिकाबाट


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया