

घरेलु मैदानमा हुने नेपालको विश्वकप छनोटको खेल तालिका सार्वजनिक



मंसिर २६ काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्ने कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलहरुको खेल तालिका सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ ९एएफसी० ले खेल तालिका सार्वजनिक गरेको हो । कोरोना भाइरसको कारण लामो समय सरेको खेल तालिका पुनः सार्वजनिक भएको हो ।
विश्वकप छनोटका खेलहरु सन् २०२० कै मार्चमा हुने तय भएको थियो । नेपालले अब बाँकी खेल मार्च र जुन महिनामा खेल्ने भएको छ । छनोट अन्तर्गत ५ खेलमा १ जित र ४ हार बेहोरेको नेपालले ३ खेल खेल्न बाँकी छ । अब नेपालले खेल्न बाँकी सबै खेल दशरथ रंगशालामा हुनेछन् । नेपाल र चाइनिज ताइपेइको खेल २५ मार्च २०२१ अर्थात नेपाली मितिमा अनुसार २०७७ चैत्र १२ गते हुनेछ ।
त्यस्तै दोस्रो खेल ३० मार्चमा अर्थात नेपाली समय अनुसार चैत्र १७० अष्ट्रेलियासँग हुनेछ । छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले ७ जुन अर्थात नेपाली मिति अनुसार २०७८ जेठ २४ गते खेल्नेछ ।


खबर सबै
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित







प्रतिक्रिया