

कपिलवस्तुका सक्रिय युवाले गरे अर्घाखाँचीको कारागारमा पुस्तकालय स्थापना



मंसिर २६, ई–साझाकुरा

सा : विद्या या विमुक्तेयु भन्ने नारालाई हृदयङ्गम गर्दै राष्ट्रिय पुस्तकालय अभियानको अभियन्ताहरूले अर्घाखाँचीको सदरमुकाम सन्दिखर्क स्थित जिल्ला कारागारमा पुस्तकालय स्थापना गरेका छन्।
कारागारलाई नै सुधारकेन्द्र बनाउन सकिने उद्देश्यका साथ कारागार गएका अभियन्ताहरूले ूअपराध एउटा रोग भएको र यो रोग निको बनाउन पुस्तक सहायक हुनसक्नेू कुरे राखेका थिए। देश व्यापिरूपमा नै कारागारभित्र पुस्तकालय बनाउने उद्देश्यले अगाडि बढेका उनीहरूले यो भन्दा अघि कात्तिक ३० गतेकादिन जिल्ला कारागार कपिलवस्तुमा पुस्तकालय स्थापना गरेका थिए।
बिशिष्ठ अतिथि रहनु भएका जिल्ला प्रमुख पौडेलले ूयो अभियान उत्कृष्ट भएकोले यतिमा मात्र सीमित नभएर देशका अरू युवालाई पनि यो सिकाउन सकियोस र कैदीलाई हेर्नुपर्ने दृष्टिकोण बदल्नुपर्नेू कुरा राख्नुभयो।
अभियानका अभियन्ताहरू गौरव पौडेल, हरि खनाल, सुनीता बेल्बासे ,दिवश राज पौडेल, असिम भट्टराई, आरती अर्याल र बिक्रम क्षेत्रीले सामाजिक सञ्जालको माध्ययमबाट अरूले पढि सकेका पुराना तथा नयाँ पुस्तकको सङ्कलन गरि देशका विभिन्न कारागार तथा बिकट क्षेत्रका विद्यालयहरूमा पुस्तकालय स्थापना गरिरहेका छन्।
विशिष्ठ अतिथिकै रूपमा रहनुभएका जिल्ला शिक्षा अधिकारीले यस्तो कुरा आफूले पहिला पनि विचार गरेर पनि गर्न नसकेको कुरा राख्नुभयो।
ूकैदीहरूलाई पनि सहि मार्गदर्शन गर्नसके उनीहरूलाई समाजमा पुनःस्थापना गर्न सहज हुन्छ तथा राम्रो ज्ञान सिकेर समाज परिवर्तनमा योगदान दिन सक्छन्ू भन्दै ूकारागार भित्रको पुस्तकको पुर्ण जिम्मेवारी सम्हालने तथा जतिबेला पनि अनुगमनमा अभियन्ताहरू आउन सक्नुहुन्छू भनेर कारागार प्रमुख नुमलाल पन्थीले आफ्नो पुर्ण सहयोग तथा समर्थन जनाउनुभयो।
दिवश राज पौडेलको संयोजकत्व तथा बिक्रम क्षेत्रीको सह( संयोजकत्व र सुनिता बेल्वासेको सन्चालनमा सम्पन्न भएको थियो। सो कार्यक्रमलाई अभियान देश व्यापिरूपमा लैजाने र अरूलाई पनि यो कुरा सिकाउने भन्दै संयोजकले कार्यक्रमको अन्त्य गर्नुभयो।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया