नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यको तलब बृद्धी, मासिक १८ हजार रुपैयाँ पाउने

मंसिर २५, काठमाण्डौ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यको तलब बढेको छ । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को कार्यसमिति बैठकले महिला र पुरुष खेलाडीको तलब बढाएर मासिक १८ हजार रुपैयाँ पुर्‍याएको छ ।
नेपाली फुटबलमा पहिलोपटक पुरुष र महिला खेलाडीको समान तलब कायम गरिएको एन्फाले जनाएको छ । यसअघि पुरुष खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले सात हजार रुपैयाँ तलब पाउँदै आएका थिए ।
एन्फाले बैंक खातामा रहेको पाँच करोड रुपैयाँ मुद्दती निक्षेपको ब्याजबाट आउने पैसाले खेलाडीको तलब भुक्तानी गर्दै आएको छ ।

प्रतिक्रिया

खबर सबै