

बिग बाश लिग शुरु, सन्दीपले सिजनका ६ खेल गुमाउने



मङ्सिर २५ काठमाडौँ ।
अस्ट्रेलियाको चर्चित टी(२० लिग बिग बाश लिग आजदेखि शुरु भएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने खेल्ने टिम होबार्ट हुरीक्यान्सले लिगको पहिलो खेलमा विजयी शुरुवात गरेको छ ।
आज भएको पहिलो खेलमा हुरीक्यान्सले डिफेन्डिङ च्याम्पियन सिड्नी सिक्सर्सलाई १५ रनले पराजित गरेको हो ।
हुरीक्यान्सले दिएको १७९ रनको लक्ष्य पछाएको सिड्नीले २० ओभरमा ६ विकेट गुमाउदै १६२ रन मात्र बनाएपछि खेल हुरीक्यान्सले १६ रनले जितेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हुरीक्यान्सले २० ओभरमा ८ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।
बिग बाश लिग खेल्न सन्दीप भने आगामी मंगलबार मात्र अस्ट्रेलियातर्फ जादै छन् । अस्ट्रेलियामा १४ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था रहेकाले सन्दीपले जनवरीदेखि मात्र खेल्ने भएका छन् । सन्दीपले यस सिजनका सुरुवातका ६ खेल गुमाउने भएका छन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया