

कपिलवस्तुमा कोरोना : १०१ सक्रिय संक्रमित, २१ को मृत्यु



मंसिर २५ कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा पछिल्लो पटक कोरोना संक्रमणको दर घट्दो क्रममा देखिएको छ ।
बिहिबार साँझ सम्म जिल्लामा कोरोनाका सक्रिय संक्रमितहरुको संख्या १०१ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
कार्यालयका कोरोना फोकल पर्सन उमेश घिमिरेका अनुसार अहिले सम्म कपिलवस्तुमा कोरोना संक्रमण हुनेको कुल संख्या १ हजार ९ सय ३३ पुगेको छ । त्यस्तै कोरानाका कारण विभिन्न समयमा गरी कपिलवस्तुमा अहिले सम्म २१ जनाको मृत्यु भएको घिमिरेले बताउनुभयो । कपिलवस्तुबाट १५ हजार १ सय १४ जनाको पिसिआर परिक्षण गरीएको पनि घिमिरेको भनाई छ । अहिले सम्म झण्डै एक हजार ८ सय बढीले कोरोनालाई जितेका छन् ।
कपिलवस्तुमा अहिले सम्म वाणगंगा नगरपालिका र कपिलवस्वतु नगरपालिकामा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । यी दुई स्थानिय तहमा ३ सय भन्दा बढीमा संक्रमण पोजेटिभ देखिएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया