

मंसिर २९ मा कपिलवस्तुमा बृहत र्यालीको घोषणा, संविधान र संघियता नै खारेजीको माग

सागर पौडेल
मंसिर २३ कपिलवस्तु ।
कपिलवस्तुवासी जनता नाम दिइएको एक अभियानले मंसिर २९ गते कपिलवस्तुमा बृहत ¥यालीको घोषणा गरेको छ ।
मुलुक बचाउन, नागरिकतन्त्रको रक्षा गर्न र नागरिक स्वतन्त्रता तथा जीवन रक्षाका लागि वर्तमान व्यवस्था र सरकार असफल भएको भन्दै सो अभियानले नेपालको झण्डा सहित मंसिर २९ गते ¥यालीको घोषणा गरको हो ।गणतन्त्र र भ्रष्टाचार बिरुद्ध एक होऔँ, हिन्दु अधिराज्य र राजसंस्था फर्काउन सहभागी बनौँ भन्ने नाराका साथ सो र्याली निकाल्न थालिएको छ ।
मंगलबार कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित ठाकुरापुरमा बसेको अभियान्ताहरुको बैठकले कपिलवस्तुको चारनम्बर जितपुर स्थित बुद्धरंगशालाबाट मंसिर २९ गते र्याली निकाल्ने निर्णय गरको अभियानका संयोजक भिष्मराज ढुङ्गानाले जानाकरी दिनुभयो । सो ¥याली सदरमुकाम तौलिहवा सम्म पुग्ने जनाइएको छ । अभियान्ताहरुले २०७२ सालको संविधान खारेजीको पनि माग गरेका छन् । अभियानका जिल्ला संयोजक ढुङ्गानाले मंसिर २९ गते भनिएको ¥यालीको मुख्य उद्धेश्य मुलुकले धान्न नसकेको संघियताको विकल्प खोज्नुपर्नेमा जोड दिएको छ ।
नेपालको झण्डा सहितको सो ¥यालीमा सहभागिताका लागि पनि अभियानले कपिलवस्तुका जनताहरुलाई आह्वान पनि गरको छ । यो अभियानमा सबै राजनैतिक दल निकटका नागरिकहरु रहेको बताइएको छ । दल निकट राजनितिक अभियान भन्दा फरक किसिमले ¥यालीको घोषणा गरिएको अभियानका संयोजक भिष्मराज ढुङ्गानाले बताउनुभएको छ ।


खबर सबै
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’









प्रतिक्रिया