

अवैध गोरुसहित रुपन्देहीबाट सात जना पक्राउ



मंसिर २३ बुटवल ।
रुपन्देही प्रहरीले जिल्लाको देवदह र लुम्बिनीबाट दुई ट्रक गोरु र सातजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई स्थानबाट ५५ वटा गोरु नियन्त्रणमा लिएको हो ।
देवदह नगरपालिका–११ शंकरपुरबाट ना.६ ख.३८६१ नम्बरको ट्रकमा अवैधरुपमा भारततर्फ लैजाँदै गरेको २७ गोटा गोरु, ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिइएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । नियन्त्रणमा लिइएका गोरुलाई पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया चलान गरिएको उनले बताए ।
यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका–५ लोखडियाबाट पुर्वतर्फ लैजाँदै गरेको लु १ ख ९८९५ नम्बरको ट्रकबाट २८ वटा गोरुसहित पाँचजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त ट्रकका चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका वर्ष ३२ का गणेशबहादुर सुनार, सोही ठाउँका सहचालक वर्ष १७ का वीरेन्द्र सुनार, नवलपरासी सुनवलका सहचालक वर्ष १७ का भिमबहादुर बिक, कपिलवस्तु सुद्धोधन गाउँपालिका(२ का कामदारहरु ५० वर्षीय इवारत मुसलमान र ३० वर्षीय मिठ्ठु मुसलमानलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रवक्ता थापाले बताए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया