

स्रोत नखुलेको रकम सहित रुपन्देहीमा एक जना प्रकाउ




बुटवल , मंसिर २१
रुपन्देहीमा स्रोत नखुलेको १६ लाख ५० हजारसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका– १३ शान्तिनगरमा प्रहरीको नियमित जाँचको क्रममा अवैध रकमसहित एकजना पक्राउ परेका हुन् ।
शान्तिनगरबाट भैरहवा बसपार्कतर्फ जाँदै गरेको लु.३९प ४४५७ नम्बरको स्कुटरलाई रोकी जाँच गर्दा सिद्धार्थनगर नगरपालिका ६ बस्ने २१ वर्षीय श्यामकुमार बानियाँसँग अवैध रकम भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार बानियाँले पछाडि बोकेको कालो झोलाको मुख्य खल्तीमा एक हजार दरको र पाँच सय दरको नोट गरी ११ लाख पचास हजार भेटिएको थियो ।
त्यस्तै सोही झोलाको बाहिरी खल्तीमा एक हजार दरको एक लाख रुपैयाँ र निजले लगाएको पाइन्टको खल्तीमा एक हजार दरको चार लाख रकम फेला परेको थियो ।
प्रहरीले सोधपुछ गर्दा बानियाँले उक्त रकमको आय स्रोत खुलाउन नसकेकोले नगद रकम र उनले चढी आएको लु३९प ४४५७ नम्बरको स्कुटर र उनको मोबाइलसमेत बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया