

स्रोत नखुलेको रकम सहित रुपन्देहीमा एक जना प्रकाउ





बुटवल , मंसिर २१
रुपन्देहीमा स्रोत नखुलेको १६ लाख ५० हजारसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका– १३ शान्तिनगरमा प्रहरीको नियमित जाँचको क्रममा अवैध रकमसहित एकजना पक्राउ परेका हुन् ।
शान्तिनगरबाट भैरहवा बसपार्कतर्फ जाँदै गरेको लु.३९प ४४५७ नम्बरको स्कुटरलाई रोकी जाँच गर्दा सिद्धार्थनगर नगरपालिका ६ बस्ने २१ वर्षीय श्यामकुमार बानियाँसँग अवैध रकम भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार बानियाँले पछाडि बोकेको कालो झोलाको मुख्य खल्तीमा एक हजार दरको र पाँच सय दरको नोट गरी ११ लाख पचास हजार भेटिएको थियो ।
त्यस्तै सोही झोलाको बाहिरी खल्तीमा एक हजार दरको एक लाख रुपैयाँ र निजले लगाएको पाइन्टको खल्तीमा एक हजार दरको चार लाख रकम फेला परेको थियो ।
प्रहरीले सोधपुछ गर्दा बानियाँले उक्त रकमको आय स्रोत खुलाउन नसकेकोले नगद रकम र उनले चढी आएको लु३९प ४४५७ नम्बरको स्कुटर र उनको मोबाइलसमेत बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया