

गौतमबुद्ध क्रिकेट मैदानमा यहिँ महिना क्रिकेट प्रतियोगिता हुने



मंसिर २१, ई–साझाकुरा
नेपाली राष्ट्रिय टोलीका खेलाडीको समेत सहभागिता रहने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता मंसिर अन्तिम साता आयोजना हुने भएको छ।
बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता मंसिर २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ।
आयोजक प्रदेश संघले शनिबार एक विज्ञप्ति निकाल्दै कोरोना महामारीको असहज अवस्था भए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ। प्रतियोगिताका खेलहरू चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ।
तीन टोलीको सहभागिता रहने प्रतियोगितामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडी र अन्य घरेलु क्रिकेट खेलाडीको समेत सहभागिता रहनेछ।
प्रतियोगिता टीट्वेन्टी प्रणालीका आधारमा खेलाइने आयोजकले जनाएको छ।
नेपाल क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितालाई बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया