

गुल्मीमा ७२ वर्षको उमेरमा सम्बन्ध विच्छेद





ई-साझाकुरा, मंसिर २०
अदालतमा शुक्रबार कानूनी रुपमा सम्बन्ध विच्छेद गरेका छन् ।
शुक्रबार अपरान्ह अदालत परिसरमा भेटिएका ती दम्पती आफ्ना छोराछोरी र नातिनातीनाहरुसँगै सम्बन्ध बिच्छेदका लागि आएका थिए । कतिबेला सम्बन्ध बिच्छेद होला र कानुनी रुपमा अलग भएर बाँकी जीवन शान्तसँग गुजारौंला भन्ने प्रतिक्षामा हुनुहुन्थ्याे बाटुली पनि ।
७२ वर्षका श्रीमान तीलबहादुर विश्वकर्मा र ६९ वर्षकी श्रीमती बाटुली विश्वकर्मा अन्ततः शुक्रबारदेखि कानुनी रुपमै छुट्टिएका छन् । मुद्दाको प्रक्रिया टुंगिएपछि औपचारिक रुपमै दुवै जना अलग-अलग बनेका हुन् ।
‘बुवाआमा दुवैको सहमति अनुसार सम्बन्ध विच्छेद भएको हो’ तीलबहादुरका माइला छाेरा देवेन्द्र विश्वकर्माले भन्नुभयो ।
आफ्ना पहिलेका श्रीमानकाे निधनपछि बाटुलीले २०५२ सालमा दोस्रो विहेको रुपमा तीलबहादुरसँग विहे गर्नुभएको हो । बाटुलीका ६ जना छोरीहरु छन् । उनीहरु सबैको विहे समेत भैसको छ । पछिल्ला श्रीमान तिल बहादुरका हाल एक श्रीमती सहित ६ भाइ छोरा र एक छोरी छन् । तीलबहादुरसँग विहे गरेपछि बाटुलीको कोखबाट जन्मेकी एक छोरी पनि २६ वर्षकी भैसकेकी छन् । तीलबहादुर यतिबेला जेठी श्रीमती खगिश्वरा विकसँग बस्दै आएउनुभएकाे छ भने बाटुली आफ्नी कान्छी छोरीसँगै पहिलेका श्रीमानको घरमा हुनुहुन्छ ।
बाटुलीका श्रीमान तीलबहादुरले छोरीहरु सबैको विहे भइसकेका कारण अब बाटुलीलाई घरमै ल्याएर सँगै बसाउन चाहन्थे भने छोरीहरु आमालाई अलग बनाएर राख्नु भन्दा त्यहीँ बस्दै आएको घरमा नै राख्न चाहन्थे । त्यसै कारण बाटुलीलाई जेठी श्रीमतीसँग रहेका श्रीमानसँग गएर बस्नु भन्दा छोरीहरुसँगै त्यही घरमा बस्न ठीक लाग्यो ।
त्यही साेचका कारण उनी छोरीहरुको सल्लाह अनुसार कानूनी रुपमै अलग रहेर बस्ने निधो गरी सम्बन्ध विच्छेदका लागि अदालत पुग्नुभयो ।
‘बुढेशकालमा छोडपत्र दिएर बस्दा कस्तो हुनेरहेछ भनेर रहर लागेर आएकी हुँ’ ठट्टाको स्वरमा उहाँले हाँस्दै भन्नुभयो, ‘दुईचार वर्ष बाँच्दा किन सधैँभरि झगडा र कचकच गरेर बस्ने ? कान सुन्दैनन् एउटा भन्दा अर्को सुन्ने र झगडा गर्ने बानी छ, त्यही भएर म जान्न बरु डिभोर्स गर्छु भनेकी हुँ ।’
गुल्मीमा सम्बन्ध विच्छेदका घटना दिनानुदिन बढ्दै गएका छन् । तर गुल्मी जिल्ला अदालतमा ७२ वर्षको उमेरमा सम्बन्ध विच्छेदको घटना भने यो पहिलो हो ।
‘यस अघि ५५ वर्षसम्मका जोडीहरुबीच सम्बन्ध विच्छेद भएको जानकारी पाएको छु, अदालतमा धेरै सम्बन्ध विच्छेदका मुद्दाहरु आउने गर्दछन् तर संभवतः ७२ वर्ष उमेरमा भएको सम्बन्ध विच्छेदको यो नै पहिलो घटना हो’ , गुल्मी जिल्ला अदालतका तहसिलदार दिपेन्द्र कुमार तिवारीले भन्नुभयो । गुल्मी जिल्ला अदालतमा यस आर्थिक वर्ष २०७७/७८ मा ५४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भैसकेका छन् । दर्ता भएका मुद्दाहरु मध्ये २६ वटा फर्स्याैट भैसकेका छन् भने बाँकी २८ वटा फर्स्याैट गर्न बाँकी रहेको तहसिलदार तिवारीले बताउनु भयो ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया