

नेकपा अध्यक्षद्धोयको प्रस्ताव माथि स्थायी कमिटीमा छलफल हुने



मंसिर २०, काठमाण्डौ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयमा पेश भएका दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको छ ।
आज झण्डै ४ घण्टा बसेको सचिवालय बैठकले दुवै अध्यक्षका प्रस्तावलाई छलफलको लागि स्थायी कमिटीको बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता गरेर सहमतिमा नयाँ प्रस्ताव बनाउनुपर्ने बताए पनि प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिने अडान राख्नुभएको थियो । दुवै अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव सचिवालयमा पेश गरेपछि नेकपाभित्र विवाद चुलिँदो छ ।
ओलीले बैठक नै बस्न आनाकानी गर्दै आउनुभएको छ भने सचिवालयका अरु सदस्यले दुवै अध्यक्षका प्रस्ताव बैठकमै छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताउँदै आएका छन् । आजको बैठक सुरु हुनुअघि ओली र प्रचण्डबीच छलफल भएको थियो । ओली र प्रचण्डबीच २५ दिन पछि एक्लाएक्लै छलफल भएको हो ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया