
आईसीयूबाटै सुनका गहना चोरी

मंसिर २०, बुटवल
कोभिड —१९ संक्रमण भई कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएकी एक संक्रमित महिलाको अस्पतालकै आईसीयू कक्षबाट सुनका गहना चोरी भएका छन् । उनको कोरोनाका कारण मृत्यु भएको समयमा चोरी भएको बताइएको छ ।
रुपन्देहीको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी बुटवल–७ शिवनगरकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको सुनको गहना चोरी भएको हो । कानमा लगाएको दुई वटा रिङ र नाकमा लगाएको फुली चोरी भएको उनका परिवारले बताएका छन् ।
मंसिर १४ गते आईसीयू कक्षमा भर्ना भएकी र १५ गते बिहान उपचारका क्रममा मृत्यु भएकी उनको एक तोला बराबरको सुनका गहना उपचारकै क्रममा चोरी भएको परिवारका सदस्यले गुनासो गरेका छन् । संक्रमितको मृत्यु भएपछि अस्पतालका कर्मचारीले मोबाइल, थर्मस लगायत सामान दिएपनि गहना नपाएपछि परिवारका सदस्यले खोजी गरेका थिए ।
‘हामी जाँदा शवलाई मर्करीमा राखिसकेको रहेछ, हामीले गहनाको कुरा गरेपछि शव खोलेर हेर्दा फुली लगाएको नाकको भागमा रगत निस्केको देख्यौं,’ मृतकका छोरा प्रदीप अर्यालले भने, ‘गहना हराएकोबारे अस्पतालका फोकल पर्सन, वडा प्रहरी र बुटवलका मेयरलाई पनि जानकारी गरायौं, उहाँहरुले हामी खोजी गर्छौं भन्नुभयो तर त्यसपछि सम्पर्क गर्नुभएन ।’
बिरामीको मृत्यु भएपछि गहना निकालिएको हुनसक्ने अर्यालले आशंका गरे । चोरी भएको गहना पत्ता लगाएर दिने आशा गरेको तर एक हप्तासम्म नदिएपछि अरु बिरामीको गहना नहराओस् भन्ने उद्देश्यले घटना सार्वजनिक गर्नुपरेको मृतकका छिमेकी गुप्तबहादुर केसीले बताएका छन् । यसअघि पनि अस्पताल भर्ना भएका बुटवलकै एक पुरुषको बेरुवा औंठी पनि चोरी भएको गुनासो आएको केसीले बताए । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले गहना चोरी भएको गुनासो आएको स्वीकार्दै खोजी भइरहेको प्रतिक्रिया दिएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले घटनाबारे मौखिक जानकारी मात्र पाएको तर लिखित उजुरी नआएको बताएका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया