

दाङमा पनि राजसंस्था पक्षधरको जुलुस



मंसिर १८ दाङ ।
देशव्यापि राजतन्त्रको पक्षमा नारा जुलुस र प्रर्दशन चर्किरहेका बेला लुम्बिनी प्रदेशको राजधानी तोकिएको जिल्ला दाङमा पनि राजावादीहरुले प्रर्दशन गरेका छन् ।
बिहीवार दाङको घोराहीमा पनि जिल्लाबाट उल्लेख्य मानिसको उपस्थतिमा नागरिक समाज तथा राजसंस्था पक्षधर विभिन्न पार्टी तथा संघ संस्थाहरुले प्रदर्शन गरेका छन्।
राजसंस्था पुनर्स्थापनाको माग राख्दै आएका विभिन्न पार्टी तथा संघ संस्थाले ‘राजा आऊ देश बचाउ’ भन्दै मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका हुन्।
ुसंवैधानिक राजतन्त्र हिन्दु राष्ट्र कायम गरु, ुनीतिगत भ्रष्टाचार अन्त्य गरु भन्दै देशमा भएका हत्या हिंसा, बलात्कारजस्ता घटनाबारे विरोध गर्दै उनीहरुले प्रदर्शन गरेका थिए।
प्रदर्शन क्रममा निकालिएको मोटरसाइकल र्याली घोराही बजारका विभिन्न स्थान परिक्रमा गरी तुलसीपुर चोकमा पुगी कोणसभामा परिणत भएको थियो। उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य भोलानाथ योगी, स्वतन्त्र नागरिक समाजका संयोजक कुल बहादुर घर्ती, राप्रपाका केन्द्रीय सदस्य भानु केसी, दामोदर भण्डारी, ऋषिराज देवकोटा, वंशीकुमार शर्मा, भुपाल रावतलगायको सहभागिता थियो। थाहा खबरबाट


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया