

एनएमबी बैंक लिमिटेड ‘बैंक अफ दि इयर २०२०’



काठमाडौं : एनएमबी बैंक लिमिटेडले ‘बैंक अफ दि इयर २०२०’ को उपाधि पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सले सन् २०२० का लागि ‘बैंक अफ दि एयर २०२० नेपाल’ बाट एनएमबी बैंकलाई सम्मान गरेको हो । पछिल्लो चार वर्षमा बैंकले उक्त उपाधि पाएको यो तेस्रो पटक हो । बैंकको कूल पूँजीको आकार तथा यसको सन्तुलित सञ्जाल विस्तारका कारण शहरी, अर्ध शहरी र ग्रामीण क्षेत्रलाई समेटेर उल्लेखनीय प्रगति गरेको जनाइएको छ । एनएमबी बैंकले नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला कर्जा विस्तार तथा विद्युतीय कारोवारलाई समेत प्रश्रय दिएको छ ।
निष्ठामा आधारित दिगो मूल्य एवं दीर्घकालीन सोचका साथ आफना कामलाई बढावा दिने बैंकको अभियानले अन्तरराष्ट्रियरुपमा समेत आफूलाई सशक्तरुपमा उभ्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चार वर्षको बीचमा तेस्रोपटक उपाधि पाउँदा हामी असाध्यै खुशी भएका छौँ भन्दै बैंकले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसमा हाम्रो कडा परिश्रम र समर्पणको प्रमाण हो, हाम्रा ग्राहक, नियामक, बैंकको सञ्चालक समिति र सरोकारवाला सबैको सहयोग नै अमूल्य रहेको छ ।” कोभिड– १९ को विषम अवस्थामा पनि बैंकले गरेको प्रयास एवं डिजिटल माध्यमबाट भएका निर्वाध सेवाले आमरुपमा सहयोग पु¥याएको र सफलतामा योगदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया