

डा. महत भन्छन “चीन र भारतबीच व्यापार सम्बन्धका लागि नेपाल ‘ब्रिज’ बन्न सक्छ”


काठमाडौं, १६ मंसिर ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने बताए ।
नेता महतले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै पूरानो र घनिष्ठ रहेको बताए । महतले नेपालले भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकता मेन्टेन गर्दै सुमधुर सम्बन्ध राख्नुपर्ने उल्लेख गरे ।
भारतसँग धेरै विवाद रहेको सुनाउँदै ती नयाँ विषय नभएको उनको भनाई छ । त्यस्तै, चीनसँग पनि नेपालको सिमा विवाद रहेको उनले बताए ।
महत्तले भारत र चीनको सम्बन्ध सुधार गर्नपनि नेपालले पनि भूमिका खेल्न सक्ने तर्क गरे ।
उनले भारत र चीनबीच आर्थिक सम्बन्धको लागि नेपालले प्रभावकारी भूमिका खेल्न सक्ने र व्यापार सम्बन्ध बढाउनको लागि नेपाललाई एउटा ‘ब्रिज’को रुपमा अघि बढाउन सकिने बताए ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया