
वैशाखमा निर्वाचन हुन सक्दैन : महामन्त्री डा. कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी ओली सरकारले संसद विघटन गरी मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोजेको धारणा राखेका छन्। नेपाली कांग्रेसको ४५ औं मेलमिलाप दिवसको अवसर पारेर कपिलवस्तु कांग्रेसले तौलिहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले ओली सरकारले घोषणा गरे अनुसार ६ महिना भित्र निर्वाचन कुनै हालतमा हुन नसक्ने दाबी गरे।
महामन्त्री डा. कोइरालाले संसद विघटनको विरुद्ध वर्तमान संविधानको रक्षकको रुपमा नेपाली कांग्रेसको आन्दोलन अघि बढेको बताए। कार्यक्रममा नेताहरु डा. मिनेन्द्र रिजाल, गुरु राजघिमिरे, अतहर कमाल, दिपक गिरी, दिपकुमार उपाध्याय, अभिषेक प्रताप शाह, सुधाकर पाण्डेय, राजेश आचार्य, राजेश सिंह ज्ञवाली लगायतले विपीको मिलमिलापको नीति अनुरुप नेपाली कांग्रेसभित्रको मेलमिलापलाई बलियो बनाउँदै प्रजातन्त्रवादी शक्तिहरुसँग मिलेर प्रतिगमनका विरुद्ध अघि बढ्ने बताए।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया