

बैठक बस्ने भनेपछि प्रधानमन्त्री ओलीको सातो जान्थ्यो: प्रचण्ड



काठमाडौँ, पुस १४
नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षदेखि पार्टी फुटाउन खोजेको बताएका छन्।
आज भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै प्रचण्डले आफूहरूले पार्टीमा विधि पद्धतिको कुरा गरेदेखि ओलीले पार्टी फोर्न चलखेल गरेको बताएका छन्।
‘ओलीले पार्टी फोर्न चाहेको एक साल (वर्ष) देखि हो,’ उनले भने, ‘जब हामीले पार्टी विधि विधान र मान्यताअनुसार चल्नुपर्छ। बैठक गर्नुपर्छ भन्यौं त्यसै बेलादेखि।’
उनले प्रधानमन्त्री ओली बैठक बस्न नमान्ने र आलोचना सुन्न नसक्ने पनि बताएका छन्।
‘बैठक बस्ने भनेपछि उहाँको सातो जाने। साथीहरूले आलोचना गरे भने उठेर हिड्ने सुन्नै नसक्ने,’ उनले भने, ‘मैले सचिवालयमा बोल्न खोज्दा बोल्न दिइएन। तपाईं बोल्न पाउनु हुन्न भन्नुभयो। ओलीले जे मनलाग्यो बोल्ने मैलेचाहिँ जवाफ दिन नपाउने?’
ओली निरंकुश भएको पनि प्रचण्डको भनाइ छ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया