

राष्ट्रिय वाणिज्य बैंकका ५ कर्मचारीसहित ८ जनाविरुद्ध अख्तियारले हाल्यो मुद्दा



पुस १४ काठमाडौं,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागज कीर्ते गरी धितो मूल्यांकन गरी राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकमा रहेको शाखाबाट कर्मचारीसहित ८ जनाले गैरकानुनी रूपमा ऋण लिएको खुलेपछि मुद्दा दायर गरेको छ।
अख्तियारले सोही शाखा र कर्णाली प्रदेश कार्यालय सुर्खेत शाखामा काम गर्ने पाँच कर्मचारीसहित थप तीन जनाविरुद्ध जनही १ करोड २५ लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार त्रिभुवन चोक शाखाका तत्कालीन प्रबन्धक ललित बहादुर शाही, सहायक (नगद) कल बहादुर ओली क्षेत्री, बैंकका कर्णाली प्रदेश कार्यालय सुर्खेत शाखाका तत्कालीन उपप्रमुख होताराम योगी, नेपालगञ्ज शाखाका सहायक (नगद) प्रिन्सी गुप्ता, सोही शाखाका सूचीकृत धितो मूल्यांकनकर्ता कर्णबहादुर के.के. तथा फहमिदा बानो जसगढ, सकिना जसगढ र रिजवान अहमद जसगढविरुद्ध आरोपपत्र दायर गरिएको छ।
आठ जनामध्ये सात जनाविरुद्ध १ करोड २५ लाख जनही बिगो दाबी गरिएको छ भने सकिना जसगढविरुद्ध ७५ लाख मात्रै बिगो दाबी गरिएको छ। उनीहरु सबैविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारको आरोपसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए।
कीर्ते कागजहरुको आधारमा कीर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय वाणिज्य बैंक त्रिभुवनचोक शाखामा पेश गरी उनीहरुले कर्जा लिएका थिए। यसरी गैरकानुनी लाभ वा हानी पु¥याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ ।


खबर सबै
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
-
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
-
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा







प्रतिक्रिया