प्रचण्ड – नेपाल पक्ष नेकपा कपिलवस्तुले भोलि जिल्ला आमसभा गर्ने

कपिलवस्तु , पुस १३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले तौलिहवामा विशाल आमसभा गर्ने भएको छ । नेकपा केन्द्रिय कमिटीको निर्णय अनुसार भोलि देशभरका ७७ वटै जिल्लाका सदरमुकाममा विशाल आमसभा हुने भएको हो ।

यता भोलि विहान ११ बजे जिल्ला सदरमुकाम तौलिहवामा पार्टीले विशाल आमसभाको आयोजना गरेको पार्टीका जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंबैधानिक, अराजनीति कदम चालेको कारण त्यसको विरोध स्वरुप पार्टीले जिल्लामा विशाल आमसभाको आयोजना गरेको पार्टी सचिव शाहले बताउनु भएको छ ।

ओलीको कदम संविधान बिरुद्ध भएका कारण त्यसको बिरोध स्वरुप सम्पूर्णलाई उपस्थिति हुन् जनाउनु भएको छ ।

आमसभाका नेकपाका केन्द्र, प्रदेश र जिल्ला तहका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

खबर सबै