

दक्षिण कोरियामा पनि फैलियो नयाँ कोरोनाा, हाल सम्म १३ देशमा पुग्यो


एजेन्सी , पुस १३
बेलायतमा सबैभन्दा पहिले देखिएको नयाँ रुपको कोरोनाभाइरसको संक्रमण दक्षिण कोरियामा पनि देखापरेको छ ।
लण्डनबाट गत डिसेम्बर २२ मा आएका व्यक्तिमा सो संक्रमण फेला परेको कोरियाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सी –केडीसीए)ले जनाएको छ ।
यो सँगै दक्षिण कोरियाले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई झनै तीब्र बनाएर लैजाने भएको छ ।
त्यसो त कोरियामा गत शुक्रबार १२४१ जना कोरोना संक्रमित फेला परेको थियो । त्यो संख्या घटेर आइतबार रातिसम्ममा ८०८ जना मात्रै संक्रमित फेला परेका थिए ।
उता, बेलायतभन्दा फरक खालको तर नयाँ रुपको कोरोनाभाइरसको संक्रमण दक्षिण अफ्रिकामा पनि देखापरिसकेको छ । अहिले त्यहाँ कोरोनासंक्रमण तीब्र रुपमा फैलिइँदै गइरहेको छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, सोमबारसम्ममा दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १० लाख ४ हजार ४ सय ४३ पुगिसकेको छ ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार मात्रै २३ खरब अमेरिकी डलर (२.३ ट्रिलियन) रकम महामारी कोषको लागि स्वीकृत गरिसकेको छन् । यो रकम कोरोनाका कारण प्रभावित अमेरिकीहरुको उद्दारमा खर्च गरिनेछ ।
अहिलेसम्म तीनथरि नयाँ रुपको कोरोना संसारभरिका १३ देशहरुमा देखापरिसकेको छ ।
ती देशहरुमा अस्ट्रेलिया, डेनमार्क, क्यानडा, फ्रान्स, इटाली, जापान, जोर्डन, लेवनान, नेदलल्याण्ड्स, नाइजेरिया, सिंगापुर, स्पेन, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्वीडेन र बेलायत छन् ।
सबैभन्दा पहिले डिसेम्बर १४ मा बेलायतमा देखापरेको नयाँ रुपको कोरोनाभाइरसको नाम भीयुआइ–२०२०१२÷०१ राखिएको छ । यसैलाई कसै कसैले चाहिँ बी११७ पनि भन्ने गर्छन् । उता दक्षिण कोरियामा गत हप्ता देखापरेको नयाँ रुपको कोरानाभाइरसलाई ५०१–भी२ नाम दिइएको छ । त्यसैगरी नाइजेरियामा देखापरेको नयाँ रुपको कोरोनाभाइरसलाइ पी६८१एच नाम दिइएको छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया