

समूह विजेताका लागि लुम्बिनी र एपिएफ आज भिड्ने



पुस १३, दाङ
सगरमाथा महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए का आज अन्तिम दुई खेल हुँदैछ ।
पहिलो खेल प्रतिष्ठाको लडाई हुँदा दोस्रो खेल निकै महत्वपूर्ण हुने छ। प्रतियोगिता तेस्रो दिनको पहिलो खेलमा कर्णाली र प्रदेश २ भिड्ने छन् । यी दुवै टोली प्रतियोगिताबाट बाहिरी सकेका छन् । नतिजा प्रतिष्ठाको लडाईंमात्र हुने छ । दोस्रो खेलमा अपराजित लुम्बिनी र एपिएफ भिड्दै छन् । खेल देउखुरी क्रिकेट मैदानमा हुने छ ।
कर्णाली पहिलो खेलमा एपिएफसँग २ सय ४ रन र दोस्रो खेलमा लुम्बिनीसँग ९ विकेटले पराजित भएको थियो । भर्खर क्रिकेट सिक्दै गरेको कर्णाली जित भन्दा पनि सिक्नतर्फ ध्यान दिने छन् । कर्णालीकी दीक्षा पुरी र अन्जु गुरुङले भने राम्रो सम्भावना देखाएका छन् । कमजोर ब्याटिङ गरेको कर्णाली खेलमा हार जित भन्दा पनि सिक्नमा धेरै ध्यान दिनेछ । यता सेमिफाइनलको दाबेदार प्रदेश २ पनि सुरुवाती दुबै खेलमा पराजित भएसँगै बाहिरिएको छ । अन्तिम खेलमा कर्णालीलाई फराकिलो अन्तरले हराउँदै अन्त्य गर्ने सोचमा छ ।
प्रदेश २ पहिलो खेलमा लुम्बिनीसँग ९ र एपिएएफसँग ८ विकेटले पराजित भएको थियो । ब्याटिङमा ओपनर अनुराधा चौधरी बाहेक अन्य ब्याटरले प्रर्दशन सम्झन लायक प्रर्दशन गरेका छैनन् । कविता गौतमको सन्तोकजनक प्रर्दशन छ ।
दोस्रो खेलमा एपिएफ र लुम्बिनीबीच खेलमा प्रतिस्पर्धा हुने छ । कप्तान सीता रानामगर दुबै जितमा प्लेयर अफ द म्याच चुनिएकी थिइन् । आजको खेलमा एपिएफका मध्यक्रमका ब्याटरको पनि परिक्षा हुने छ । बलिङमा दुबै खेलमा एपिएफ बलर हाबी बनेका थिए । तुलनात्मक रुपमा बलियो देखिएको लुम्बिनीमाथि एपिएफका बलरको पनि परिक्षा पनि हुने ।
लुम्बिनी कप्तान नेरीथापा पनि राम्रो लयमा देखिएकी छिन् । सुस्मिता भुषाल र स्वस्तिका खड्का एपिएफलाई घातक बन्न सक्छन् । लुम्बिनीका दुबै खेलमा शीर्षक्रमका ब्याटरले सहज जित दिलाएका थिए । शीर्षक्रम र मध्यक्रमका ब्याटरलाई एपिएफविरुद्ध असली परिक्षा हुने छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया