कपिलवस्तुमा नेकपा : ओलीपक्षले बनायो अधिवेशन आयोजक कमिटि, प्रचण्ड माधव पक्ष भन्छ, बहुमत हाम्रो छ

पुष १२ कपिलवस्तु ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको आन्तरिक द्धोन्द्ध र प्रधानमन्त्रीद्धारा प्रतिनिधि सभा विघटन पछिको घटनाक्रमका कारण विभाजित बनेको नेकपा जिल्ला तह सम्ममै विभाजनमा पुगेको छ । आज कपिलवस्तुमा पनि दुई पक्षका नेताहरुले जिल्लामा छुट्टाछुट्टै बैठक र भेला गरेका छन । उनीहरुले कपिलवस्तुमा आफुहरुको बहुमत रहेको पनि दावी गरेका छन् ।

ओली पक्षले बनायो अधिवेशन आयोजक कमिटि

नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुले जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य झविलाल पोख्रेलको संयोजकत्वमा ३ सय ५१ सदस्सीय अधिवेशन आयोजक कमिटि निमार्ण गरेको छ । आइतवार मदन आश्रित स्मृति भवन तौलिहवामा बसेको पार्टीको बैठकले उक्त कुराको निर्णय गरेको हो । वैठकलाई सम्बोधन गर्दै केन्द्रीय नेता एवं कपिलवस्तु सहइन्चार्ज विमला घिमिरेले जनताको मन जित्ने गरि पार्टीको काम गर्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ । कठिन परिस्थितीमा काम गर्ने इमान्दार कार्यकर्तालाई पार्टीले मुल्यांकन गर्ने समेत उहाँले बताउनु भयो । प्रधानमन्त्री केपी ओलीले बाध्यात्मक परिस्थितीका कारण प्रतिनिधि सभा विघटन गरेको स्मरण गराउदै सबै जनतालाई यर्थात् कुरा बझाउन आम कार्यकर्ता लाग्नु पर्ने उहाँको तर्क थियो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बलराम अधिकारीले सरकारले धैरै राम्रा काम गरे पनि ति काम प्रचारमा नआएको औल्याउनु भयो ।
बाध्यात्मक परिस्थितीका कारण प्रतिनिधि सभा विघटन भएको भन्दै यसको कारण धैरै जनताले वुझिसकेको बताउनु भयो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टीले विभिन्न कार्यक्रमको योजना निमार्ण गरेको बताउन भयो । जस अनुरुप जिल्लाका सबै स्थानमा प्रशिक्षणात्मक कार्यक्रम गरिने छ । योजना अनुसार १४ गते बाणगंगा र वुद्धभुमि , १६ गते शिवराज र विजयनगर , १७ गते कृष्णनगर र महाराजगञ्ज , १८ गत कपिलवस्तु नगरपालिका , मायादेवी , यशोधरामा कार्यक्रम गरिने छ । साथै १९ गने शुद्धोधन गाउँपालिकामा कार्यक्रम गरिने अध्यक्ष पोख्रेलले बताउनु भयो । कार्यालय सचिव धर्मराज भुषालको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद पौडेल , डम्मर शर्मा , बाबुराम खनाल , विश्राम प्रसाद थारु , शान्तिदेवी चमार , जंजिर प्रसाद थारु लगायतले बोल्नु भएको थियो ।

गोरुसिँगेमा प्रचण्ड–माधव पक्षको भेला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पुर्व मन्त्री चक्रापाणी खनाल बलदेवले पार्टी भित्रको आन्तरिक समस्याका कारण संसदमाथि प्रहार गलत भएको बताउनुभएको छ ।
कपिलवस्तुमा आज आयोजित प्रचण्ड–माधव समूह पक्षका नेताहरुको एक भेलालाई सम्बोधन गर्दै नेता खनालले सानो तिनो चोटले नझुक्ने भएकका कारण चोट नदिएको तर यतिबेला आफुहरु ठूलो चोट सहन परेको बताउनुभयो । देशमा के भएको हो वास्तविक समिक्षा गर्न खोजिएको भए पनि सबैको उपस्थित गराउन नसकिएको पनि उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेता डोर प्रसाद उपाध्याले देशलाई षड्यन्त्रको भरमा संचालन गर्ने र पार्टीका नेता कार्यक्रताहरु माथि जाल झेल गर्ने प्रवित्तिका कारण गणतन्त्र र संघियता खतरामा परेको बताउनुभयो । संसद विघटनका कारण आज नेपालको संविधान बदनाम भएको पनि बताउनुभयो ।
त्यस्तै नेकपा जिल्ला ईन्चार्ज गिरिधारीलाल न्यौपानेले आज अर्काे राजतन्त्र ल्याउने खेलमा वर्तमान सरकार लागेको आरोप लगाउनुभयो । राजतन्त्र अन्त्य गर्ने एउटा पुस्ता अझै जिवितै रहदा फेरी अर्काे राजतन्त्र ल्याउने खेल भईरहेको उहाँको भनाई थियो । प्रधानमन्त्रीले चालेका गलत कदम देशका लागि खतरा रहेको उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रमलाई सम्बेधन गर्दै नेकपा नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रधानमन्त्रीले आफ्नो जीवनकालमै संसदमाथि प्रहार गरेर ठूलो भुल गरेको बताउनुभएको छ । सासंद पन्थीका अनुसार प्रधानमन्त्रीको संसद विघटन र पार्टी विभाजनको विषयले मुलुकलाई धेरै पछाडी धकल्ने पनि दावी गर्नुभएको छ ।
यसैबिच नेकपा कपिलवस्तुद्धारा आइतबार गोरुसिंगेमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेताहरुले आफुहरुको पक्षमा पुर्ण बहुमत रहेको पनि दावी गरेका छन् ।
नेकपाका जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले आज कार्यक्रममा आफुहरु पक्षका बहुमत नेता उपस्थित रहेको दाबी गर्नुभयो । नेकपा कपिलवस्तुमा कूल १ सय ५६ जनाको कमिटी रहेको छ । प्रचण्ड माधव नेपाल पक्षका नेताहरुका अनुसार कपिलवस्तुमा बहुमत संख्या आफुहरुको पक्षमा रहेको उनीहरुले दावी पनि गरेका छन् ।

प्रतिक्रिया

खबर सबै