

निर्वाचन क्षेत्रमा श्रममन्त्रीको पुत्ला दहन




ई–साझाकुरा, पुस ११
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको शनिबार उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ । मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा प्रचण्ड नेपाल समूहले पुत्ला दहन गरिएको हो । ‘उहाँले हामीलाई धोका दिनु भयो,’ नेकपा कैलाली जिल्ला सचिवालय सदस्य पर्सु चौधरीले भने, ‘हामीले बिरोधमा पुत्ला दहन गरेका हौँ ।’
निर्वाचन क्षेत्रमा आएर प्रधानमन्त्रीको विरोध गरेर र काठमाडौँमा गएर मन्त्री भएको प्रति आक्रोश व्यक्त गर्दै उनले निर्वाचन क्षेत्रमा बहिस्कार गर्नेसम्मको तयारी भइरहेको बताए ।
‘सबै साथीहरू रुष्ट हुनुहुन्छ’ उनले भने, ‘उहाँलाई यहाँ आउन दिनुहुन्न भन्नुभएको छ । ’लामो समय दाहाल-नेपालको समूहमा रहेका चौधरी उक्त समूहबाट एकाएक ओली समूहमा गएर मन्त्री बनेका हुन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विस्तारित मन्त्रिपरिषदबाट उनले श्रम मन्त्रीको जिम्मेवारी पाएका थिए ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया