

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक



काठमाडौं, पुस १०
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बेलुका ६ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । गत पुस ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
यसैबीच प्रधानमन्त्री ओलीले चाँडै रिक्त पदमा मन्त्रीहरु नियुक्ति गर्ने तयारीसमेत गरेका छन् । ‘भोलि वा पर्सीभित्रमा रिक्त पदमा मन्त्रीहरु नियुक्त गर्ने तयारी छ,’ प्रधानमन्त्री निकट श्रोतले भन्यो, ‘मन्त्रिपरिषद्लाई पूर्णता दिएर सरकार अघि बढ्छ ।’ बिहीबार बालुवाटारमा बसेको ओली समुहको केन्द्रीय समिति बैठकपछि परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् विस्तार गर्ने रहेको बताएका थिए ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया