

ओलीको केन्द्रिय सदस्य छाडेर प्रचण्ड- नेपाल पक्षमा शेर बहादुर र उषाकला



काठमाडौं, पुस ९
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको केन्द्रिय सदस्यमा चयन गरिएका नेताहरुले धमाधम पद अस्वीकार गर्न थालेका छन् ।
नेकपा विभाजनपछि ओली समूहले केन्द्रिय सदस्यमा चयन गरेकामध्ये पछिल्लो समय पूर्वकानून मन्त्री शेरबहादुर तामाङ र उनकी पत्नी सांसद उषाकला राईले पद अस्वीकार गरेका छन् ।

यसअघि ओली पक्षको बैठकमा सहभागी भएका तामाङले बिहीबार बस्ने प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सो समूहलाई साथ दिने बताउनुभएकाे छ ।तामाङले प्रतिगमनकारी कदमलाई साथ दिन नसक्ने भएकाले आफूले कित्ता परिवर्तन गर्नुपरेको उहाँले बताउनुभएकाे छ ।
‘हामीले विकास गरेको नेपालको लोकप्रिय कम्युनिष्ट आन्दोलनमा यति ठूलो विग्रह न विगतमा भयो न भविष्यमा हुनेछ । पुनः सबैले आ–आफ्नो ठाउँबाट हामीमा रहेको कुण्ठित भावनाहरुलाई त्यागेर पार्टीलाई एकताबद्ध बनाउने काममा गम्भीर समिक्षा गरेर लागौं । विभाजनले कसैलाई फाईदा छैन । राष्ट्रको नेतृत्वदायी पार्टीहरुमा विग्रह हुनु र विभाजन हुनु निश्चय नै राष्ट्र र जनताका लागि पिडादायी कुरा हो । यसले सिंगै राष्ट्रलाई ठूलो असर पार्दछ ।’ उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया