

प्रतिनिधिसभा बैठक बोलाउ : जसपा



काठमाडौं, पुस ९
जनता समाजवादी पार्टीका शीर्ष नेताले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रतिनिधिसभा बैठक बोलाउन माग गरेका छन्।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार संविधानले नदिएको उल्लेख गर्दै जसपाका नेताहरूले संसद जीवितै रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार प्रतिनिधिसभा विघटन गरेका थिए।
उक्त कदमको नेकपासहित अरू दलहरूले विरोध गरिराखेका छन्। प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा पनि रिट परेको छ।
प्रधानमन्त्रीका कदम असंवैधानिक भन्दै जसपाले आन्दोलन गरिराखेको छ।
जसपाका अध्यक्ष बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्णले बिहीबार सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर संसद बैठक राख्न माग गरेका हुन्।
‘सभामुखलाई शीर्ष नेताहरूले भेटेर संसद बैठक आह्वान गर्न आग्रह गर्नुभएको छ,’ पाण्डेले भने।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया