

संसद् विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि भोली सुनुवाइ हुने


पुस ७, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ ।
संसद् विघटनको विरुद्धमा सोमबारसम्म ११ वटा रिट दर्ता भएकोमा मङ्गलबार थप दुई वटा थपिएसँगै १३ वटा रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
रिटमाथि मङ्गलबार सुनुवाइ हुने उहाँको भनाइ छ । ‘भोलि रिटमाथि सुनुवाइ सुरु हुन्छ, त्यसपछि आदेशअनुसार प्रक्रिया अघि बढ्छ’, प्रवक्ता पोखरेलले भन्नुभयो ।
संसद् विघटन भएयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै पनि छुट्टाछुट्टै बैठक बस्ने क्रम बढेसँगै पार्टी फुटको सङ्घारमा पुगेको अनुमान गरिएको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया