साेमबार संगै थप दुई दिनको मौसम पूर्वानुमान

पौष ०६ सोमबार, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे गरेको पूर्वानुमान जारी गरेको छ ।

मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

यसैगरी, हाल देशभरको मौसमको अवस्थामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमानः

 पौष ६ गते (सोमबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ७ गते (मंगलबार)

दिउँसोः प्रदेश नं १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश नं १ प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ८ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।

रातिः देशभर आँशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

खबर सबै