

उखुको बक्यौता बाकीँ छैन : महालक्ष्मी सुगर्स प्रालि



पुष ४ बुटवल ।

कांग्रेस नेता विरेन्द्रकुमार कनौडियाको स्वामित्वको महालक्ष्मी सुगर्स प्रालिले उखु किसानलाई बक्यौता तिर्न बाँकी नरहेको जनाएको छ । बरु उल्टै किसानबाट चार करोड लिन बाँकी रहेको उसको दाबी छ ।
महालक्ष्मी सुगर्स प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै उखु किसानलाई तिर्नुपर्ने बक्यौता रकम नरहेको जानकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई महिना अगाडि नै गराइसकेका उल्लेख गरेको छ ।
सरकारले प्रतिक्वीन्टल २५ रुपैयाँका दरले दिनुपर्ने अनुदान रकम प्रालिले नपाएको अवस्थामा काठमाडौंमा चलिरहेको उखु किसानको आन्दोलनलाई लिएर प्रालिले पनि किसानलाई रकम नतिरेको प्रचार सरासर गलत भएको दावी गरेको छ ।
प्रालिका सहायक प्रबन्धक दीपक न्यौपानेको हस्ताक्षरमा जारी विज्ञप्तिमा कपिलवस्तुमा किसानलाई बिउ, मल उपलब्ध गराएवापतको चार करोड रुपैयाँको तमसुक प्रालिसँग सुरक्षित रहेको उल्लेख छ । उक्त चार करोड रुपैयाँ असुल उपरका लागि पहल गरिदिन अपील गर्दै अन्यथा कानूनी उपचारमा जाने विज्ञप्तिमा उल्लेख छ ।
लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता कनौडियाको चिनी मिल कपिलवस्तुबाट सर्लाही स्थानान्तरण गरिएको छ ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया