

बाल संरक्षण बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न



२०७७ पुष २, बिहीबार
बाल संरक्षण बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न कृष्णनगर, पुस २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको कृष्णनगर स्वास्थ्य चौकीको हलमा एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष छेदी प्रसाद यादवको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीको प्रमुख अतिथित्वमा कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय विपद तथा जलवायु उद्ममशिल योजनामा बाल संरक्षणका मुद्दाहरू समावेशी कार्यक्रम अन्तर्गत स्थानीय बाल संरक्षक बिषयगत क्षेत्रको पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बंधि एक दिने अन्तरकृया कार्यक्रम संचालन भएको छ । कृष्णनगर नगरपालिकाको आयोजना र UNICEF Nepal तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कृष्णनगर नगरपालिका अन्तर्गत सबै वडाका वडा अध्यक्ष , कृष्णनगर नगरपालिकाका सम्पूर्ण शाखा प्रमुख , बाल क्लबका सदस्यहरु र किशोरी समुह प्रतिनिधि , प्रहरी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण UNICEF Nepal भैरहवा कलस्टरका प्रकाश कैनी र मधव बरालले गर्नु भएको थियो। उत्त कार्यक्रममा कार्यक्रम संयोजक नारायण घिमिरे, कार्यक्रम अधिकृत अजय चौधरी र सामाजिक परिचालक तापस मिश्रको सहभागीता रहेको जानकारी अजय चौधरी ले दिए । कार्यक्रम संचालन भने ईश्वरी पौडेलले गर्नुभएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया