
कपिलवस्तुमा पहिलो पटक ड्रागन खेती सुरु

राजेन्द्र खनाल
पुष २ कपिलवस्तु ।
पछिल्लो समय ड्रागन फलको खेती प्रति धेरैको मोह बढीरहेका बेला लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा पहिलो पटक यसको व्यावसायिक खेती सुरु गरिएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका विभिन्न क्षेत्रमा क्रियाशिल युवा व्यवसायीहरुले सामुहिक लगानीमा ड्रागन फलको खेती सुरु गरेका हुन । वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडको भर्तापुरमा सो खेति सुरु गरिएको हो । सुरु गरिएको ड्रागन खेतिको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बिहिबार औपचारिक शुभारम्भ गर्नुभयो ।
भलवाडका युवा समाजसेवसी, राष्ट्रिय कलाकार तथा मिडियाकर्मी, शैक्षिक व्यक्तिहरु प्रेम पाण्डे, कृष्ण केसी, केशव सापकोटा र देवराज पौडेल मिलेर सो खेति सुरु गर्नुभएको छ ।

करिब १० कठ्ठा खेतमा पहिलो पटक ड्रागनका एक हजार बिरुवा रोपिएको छ । भियतनामको होचिमिन भन्ने ठाउँबाट ड्रागनका बिरुवा ल्याइएको व्यवसायी प्रेम पाण्डेले बताउनुभयो । पाण्डेका अनुासर झण्डै ५० लाख लागानीमा सुरु गरिएको सो योजनामा ड्रागन खेति सँगै पन्क्षी पार्क पनि निर्माण गरिएको छ । फेन्सि प्रजातिको कुखुरा राखिएको सो पार्कमा हाल साकिनी, हेम्पा सायर, अस्ट्रोलव, कडकनाथ जातका फेन्सी कुखुरा पालन गरिएको छ ।
तीन जना शैक्षिक व्यक्तिहरु र एक जना कलाकार तथा स्थानिय युवा समाजसेवी मिलेर सो खेती सुरु गरेका हुन । केसी, सापकोटा र पौडेल शिक्षा क्षेत्रमा लामो समयको अनुभव संगालेका व्यक्ति हनुुहुन्छ भने पाण्डे कलाकारीता सँगै मिडियाकर्मी र स्थायि युवा समाजसेवी पनि हुनुहुन्छ ।
पछिल्लो पटक लुम्बिनी प्रदेशमा दाङ जिल्लामा डा«गनको खेती गरिएको चर्चा भईरहँदा कपिलवस्तुमा पनि पहिलो पटक यसको व्यवसायिक खेती सुरु गरिएको हो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया